Logo
Logo

प्रदेश प्रमुखको कार्यालय पुग्यो मुख्यमन्त्री लामाको राजीनामा


441
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ ।

लामाले आफ्ना सचिवालय सदस्य छत्र लामामार्फत प्रदेश प्रमुख दिपक देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजीनामा पत्र बुझाएका छन् ।

उपचारपछि सोमबार हेटौँडा फर्किएका प्रदेश प्रमुख देवकोटा भने निवासमा आराम गरिरहेका छन् । मुख्यमन्त्रीको राजीनामा पत्र प्राप्तपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।

प्रदेशमा कांग्रेस संसदीय दलका नेताको हैसियत गुमाएका लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि आइतबार राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्