काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेता भएको दाबी गरेका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकको आज अन्तिम दिन सम्बोधन गर्दै गुरूङले राजनीतिक जिम्मेवारी र भूमिकाका कारण प्रचण्ड राजनेता बनेको भन्दै यसलाई उनले खुसीको कुरा बताए ।
उनले अहिले प्रचण्डको नेतृत्व नै आवश्यक रहेकाले त्यसबारेमा विवाद गर्न नहुने पनि बताए । उनले भने, ‘बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनुभएको थिएन । अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत छ ।’
उनले आन्दोलनले नै नेता जन्माउने र बनाउने भएकाले प्रचण्ड नै अहिलेको राजनेता भएको बताएका हुन् ।














