Logo
Logo

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश 


2.1k
Shares

काठमाडौं । उच्च अदालत, पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको घटनामा थुनामा रहेका प्रसाईँलाई उच्च अदालतले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश टंक गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालतको आदेश उल्टाएको हो । 

The current image has no alternative text. The file name is: durga.gif

जिल्ला अदालत, काठमाडौंको आदेशअनुसार उनी डिल्लीबजार कारागारमा छन् । त्यस्तै, उनीविरुद्धको बैङ्किङ कसुर मुद्दामा पनि २५ हजार धरौटी माग भएको छ ।

बैङ्कको कर्जा अपचलनको आरोपमा उनीविरुद्ध १८ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । उच्चका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले सो बैङ्किङ कसुर मुद्दामा धरौटी माग गरेको हो । 

प्रतिक्रिया दिनुहोस्