Logo
Logo

हिंसात्मक राजावादी प्रदर्शनमा थुनिएका थप ३ जनालाई धरौटीमा छाड्ने आदेश


2.6k
Shares

काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप तीन जनालाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । 

The current image has no alternative text. The file name is: Tinkune-1.jpg

न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईँसहित तीन जनालाई धरौटीमा छाड्ने निर्णय गरेको हो । अदालतले प्रसाईँलाई ३ लाख रुपैयाँ, सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ तथा दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको प्रदर्शन हिंसात्मक बन्दा सबिन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर कम्तीमा १९ जना घाइते भएका थिए, भने दर्जनौँ अन्य घाइते भएका थिए । 

घटनापछि प्रहरीले आन्दोलनको नेतृत्व गर्नेहरूलाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्