Logo
Logo

रास्वपाको सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

बैठकमा संसदीय दलको बैठक रुपन्देही, रुपन्देही ३ उपनिर्वाचनको तयारी र सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगति अपडेट लगायत समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुने बताइएको छ ।

विधान व्याख्या (अनुशासन आयोगको प्रयोजनको लागि) अनुमोदन सम्बन्धमा, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ताका सम्बन्धमा र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सूचीबाट नाम हटाउने सम्बन्धी निवेदनका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्युचर लिडर्स समिट आयोजना गर्ने, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्