Logo
Logo

‘कुलिङ पिरियड’ छानविन समितिले सभामुखलाई बुझायाे प्रतिवेदन


945
Shares

काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
लामो छलफल र रस्साकसीपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले संसद भवनमा सभामुख घिमिरेलाई बुझाएको हो ।
आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि सोमबार रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो । यो प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडालाई मुख्य जिम्मेवार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्