Logo
Logo

हतियार तस्करी गराउने समूहका एक नाइके पक्राउ


882
Shares

काठमाडौं । भारत हुँदै नेपालमा साना हतियार तस्करी गर्ने समूहका एक नाइके पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरोको टोलीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

दुई दिनअघि नै पक्राउ परेका ती भारतीय नागरिकमाथि ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको छ । ब्युरो स्रोतका अनुसार लामो समयदेखि खोजीको सूचीमा रहेका ती भारतीय नागरिकको पक्राउलाई ठूलो सफलता मानेको छ ।

भारतीय नागरिकको बयानका आधारमा केही नेपालीको भूमिका खुल्ने ब्युरोको अपेक्षा छ ।
ती भारतीय नागरिकले साना हतियारहरू अवैध गतिविधिमा संलग्नहरूका लागि भारतसँग सीमा जोडिएका जिल्ला तथा काठमाडौंसम्मै ल्याइदिने गरेको खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्