Logo
Logo

सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन हो : रेखा शर्मा


567
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले कानुनी प्रबन्ध गर्न लागेको भन्दै कडा आपत्ति जनाएकी छन् ।

The current image has no alternative text. The file name is: rekha-shaarma.gif

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसद शर्माले संविधानले प्रत्याभूत गरेको महिला अधिकार र नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सन्धि-महासन्धिहरूको उल्लङ्घन गर्दै सरकारले मुलुकी देवानी संहिता २०७४ को दफा १७५ संशोधन गर्न खोज्नु गलत भएको बताइन् ।

उनले कानुन मन्त्रालयले बहुविवाहलाई मान्यता दिने गरी गरेको तयारीप्रति असहमति जनाउँदै भनिन्, ‘जनयुद्ध, जनआन्दोलन र महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि सरकारले प्रहार गरिरहेको छ । यो महाप्रतिगमन हो र हामी यसलाई स्विकार्दैनौँ ।’ सांसद शर्माले यस्तो प्रतिगमनकारी विधेयक अघि नबढाउन सरकारको ध्यानाकर्षण गराउँदै कडा चेतावनी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्