काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छानबिन समितिले बुझाएको प्रतिवेदनमा आफूलाई दोषी किटान नगरेको दाबी गरेका छन् । संसदीय समितिले प्रतिवेदन सदनमा बुझाएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिंदै उनले दोषी देखिए आफू कारबाही भोग्न तयार रहेको सुरुदेखि नै भन्दै आएको बताए ।

पदबाट राजीनामाबारे उनले भने, ‘मैले दोष देखिए कारबाही भोग्छु भनिरहेको छु । कुलिङ पिरियड रहनु पर्छ भन्ने पक्षमा छु । राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु ।’ उनले आफूले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड रहेको जिकिर गरेका छन् । उनले समितिले नाम किटान नगरेको भन्दै राजीनामा नदिने उनको किजिर छ ।
निजामती सेवा विधेयक पारित गर्दै गर्दा सरकारी कर्मचारी सबैलाई कुलिङ पिरियड लागु गर्ने गरी प्रावधान राखिएको पनि उनले बताएका छन् । ‘निजामती र सरकारी भन्ने दुवै कुलिङ अफ पिरियडमा राखुको कारण सरकारको सुविधा लिएकाहरु सबैलाई समेट्न खोजिएको हो’ उनले भनेका छन् ।














