Logo
Logo

काठमाडौं परिसरमा ट्वाइसी हाबी


34.9k
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख छन्, एसएसपी विश्व अधिकारी । तर परिसरमा उनको भन्दा बढी बोलवाला एसपी अपिलराज बोहराको चल्ने गरेको छ । राजधानी काठमाडौंको शान्ति सुरक्षाको संवेदनशीलतालाई ख्याल गर्दै सादा पोशाकमा प्रहरी परिचालन गर्नुपर्ने हुन्छ ।

काठमाडौं परिसरमा एसएसपी अधिकारीले डीएसपी प्रल्हाद केसी, इन्स्पेक्टर शत्रुघन महतो, सुरज खड्कासहितको एउटा टोली खटाएका छन् । एसपी बोहराले इन्स्पेक्टर वाङ्गेल लामासहितको छुट्टै टोली परिचालन गरेका छन् ।

परिसरको घुमुवा टोलीका कतिपयले अबैध क्रियाकलाप गर्नेहरुको स्टीङ अप्रेसन गर्दा एसपी बोहराको हप्की खानुपरेको छ । कमाण्डर अधिकारी छन्, तर ट्वाइसीको हप्की खानुपर्ने भएपछि सादा पोशाकमा खटिएकाहरु नै त्रसित हुँदैआएका छन् ।

एसपी बोहराको संरक्षणमा रहेका घुमुवाहरुले काठमाडौं जिल्लाका जुवा अखाडा संचालकहरुसँग मिलिभगत रहेको आरोप छ । जुवा अखडासँग मिलेमतो गरेको मात्र होइन, क्यासिनोमा नेपालीको सहज प्रवेश रोक्न प्रहरीले नसकेको आरोप छ ।

प्रहरीसँग सेटिङ मिलाएर काठमाडौं उपत्यकाका क्यासिनोहरुमा खुलेआम नेपाली नागरिकको प्रवेश हुँदैआएको छ । क्यासिनो माजोङमा सबैभन्दा बढी नेपालीको प्रवेश हुँदैआएको छ । भारतका सिक्किम र दार्जिलिङको फर्जी परिचयपत्र बनाएर नेपालीले जुवा खेल्ने गरेका छन् । माजोङका सुरक्षा हेर्ने भोजराज खतिवडाले परिसरका एसपीसँग लाइन मिलाएर क्यासिनोमा खुलेआम नेपाली प्रवेश गराउने र जुवा खेलाउने गरेको आरोप छ । खतिवडा प्रहरी सेवाबाटै अवकाश भएकाले उनले लाइन मिलाएको चर्चा छ ।

माजोङदेखि छायाँ सेन्टरमा रहेको क्यासिनो अलफ्ट, हयात रिजेन्सी होटलमा संचालित प्राइड क्यासिनो, मल्लको बेल्लिज, सिटी होटल लिमिटेडमा संचालित ¥याङ्क क्यासिनो, मेरियट होटलमा संचालित डेल्टिन क्यासिनोमा नेपालीको प्रवेश सहज हुँदैआएको छ । अवकाशको सन्निकट रहेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले पनि क्यासिनोमा नेपालीको प्रवेश रोक्न अनुगमन समेत नगरेको आरोप छ ।

परिसरले चासो नदिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यासिनोमा नेपाली प्रवेशलाई रोक्न सक्छ । तर उक्त कार्यालयले समेत चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्