Logo
Logo

त्रिवि रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड


630
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । अखिल क्रान्तिकारीका विद्यार्थीहरूले  रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् । 

The current image has no alternative text. The file name is: tu.jpg

अखिल क्रान्तिकारीका विद्यार्थीहरू उपकुलपतिको कार्यालयमा धर्ना बसिरहेका थिए । उनीहरू बाहिर गएर नाराबाजी गर्दै रजिष्ट्रारको कार्यालयमा सिसा फुटाएका हुन् । 

तोडफोडका क्रममा प्रहरी र विद्यार्थीबिच झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् । घाइते भएका उनीहरूलाई कीर्तिपुर अस्पतालमा लगिएको छ ।

अखिल क्रान्तिकारीले १९ दिनदेखि उपकुलपति प्रा.डा.दीपक अर्यालको कार्यकक्षअगाडि रिले अनशन गरिरहेको छ । विद्यार्थीले केन्द्रीय विभागमा गाभिएका चार सेल्फ सस्टेन कार्यक्रमको शुल्क घटाउन, शिक्षक-कर्मचारी व्यवस्थापन र भौतिक संरचना सुधार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्