Logo
Logo

आजदेखि रातको समय बेनी-जोमसोम-कोरला सडक बन्द


0
Shares

काठमाडौं । बेनी–जोमसोम–कोरला सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने भएको छ ।

बाढीपहिरोका कारण जनधनको क्षति हुने उच्च जोखिम देखिएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नहुदाँसम्म आजदेखि हरेक साँझ ६ देखि बिहान ५ बजेसम्म ७६ किलोमिटर सडक बन्द हुने जानकारी दिएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले रातको समयमा बाढीपहिरोका कारण जनधनको क्षति हुने उच्च जोखिम देखिएकाले सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार आजदेखि मुस्ताङ जाने सवारीसाधन साँझ ५ः ३० बजेभित्र मुस्ताङको सिमानामा पुगिसक्नुपर्ने छ भने मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै सीमा पार गसिक्नुपर्नेछ ।


भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक अन्तगर्त मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीर, म्याग्दीसँग सिमाना जोडिएको काभ्रेभीर लगायत एक दर्जनभन्दा धेरै क्षेत्रमा सामान्य पानी पर्दा समेत सडकमाथिबाट ठूलो सुख्खा पहिरो खस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्