काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाइएको छ । बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङलाई पाँच दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाइएको हो ।

तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा सजाय सुनाइएको हो । सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप थियो ।
त्यही विषयमा नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।














