Logo
Logo

हिमालय एअरलाइन्सद्वारा प्रधानमन्त्रीको चीन भ्रमणका लागि विशेष कूटनीतिक उडान


693
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले उड्डयन क्षेत्रमा एक दशकको उत्कृष्टता मनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको जनवादी गणतन्त्र चीनको तिआन्जिन भ्रमणका लागि विशेष कूटनीतिक उडान सञ्चालन गरेको छ । यो उडानले नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

The current image has no alternative text. The file name is: oli-1.jpg

 उक्त उडानमा प्रधानमन्त्रीसहित उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डे, आर्थिक सल्लाहकार माननीय युवराज खतिवडा र उच्च सरकारी अधिकारीहरू सहभागी थिए ।प्रतिनिधिमण्डल भदौ १८ मा हिमालयको एयरबस ३२०–२१४ मार्फत बेइजिङबाट फर्कने कार्यक्रम छ । 

हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योंगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री र प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । उपाध्यक्ष  विजय श्रेष्ठले बिदाइ समारोहमा सहभागिता जनाएका थिए । “प्रधानमन्त्रीको भ्रमणका लागि यो उडान सञ्चालन गर्नु हाम्रा लागि गर्वको विषय हो । नेपाल सरकारको सहयोगप्रति कृतज्ञ छौँ र राष्ट्रसेवामा हाम्रो प्रतिबद्धता कायम रहनेछ,” श्रेष्ठले भने । एयरबस ३१९–११५ (एन–एजेडब्ल्यू) विमान बिहान ०७:२३ बजे काठमाडौँबाट उडेको थियो ।

नेपालको पहिलो र एकमात्र आईओएसए प्रमाणित एअरलाइन्सको रूपमा हिमालयले सुरक्षित उडान र विश्वस्तरीय सेवामा आफ्नो प्रतिष्ठा कायम राखेको छ । सन् २०१४ मा नेपाल–चीन संयुक्त साझेदारीमा स्थापित हिमालय एअरलाइन्सले मध्यपूर्व र दक्षिण एशियाका प्रमुख गन्तव्यहरूमा उडान सञ्चालन गर्छ । 

चारवटा विमानसहितको यो एअरलाइन्सले सन् २०१७ मा साउथ एशियन ट्राभल अवार्ड्स र २०२०–२१ मा आईएसओ ९००१: २०१५ प्रमाणीकरण प्राप्त गरेको छ । हवाई सुरक्षामा उत्कृष्टता र ग्राहक सन्तुष्टिका लागि प्रतिबद्ध हिमालय दक्षिण एशियाको अग्रणी एअरलाइन्स बन्ने लक्ष्यमा छ  । 

प्रतिक्रिया दिनुहोस्