Logo
Logo

बालेनले गरे महानगर प्रहरीको प्रशंसा, हलिउड सिटी पुलिससँग तुलना  


945
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रहरीको कामलाई हलिउड फिल्मको सिटी पुलिससँग तुलना गर्दै प्रशंसा गरेका छन् ।

The current image has no alternative text. The file name is: balen.jpg

३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘सानोमा हलिउड फिल्महरूमा न्युयोर्क सिटी पुलिसको काम देख्दा रमाइलो लाग्थ्यो। अहिले महानगर प्रहरीको काम देख्दा पनि सिनेमाजस्तै लाग्छ, यो खुशीको कुरा हो ।’

मेयर शाहले महानगर प्रहरीले सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण हटाउने, सुशासन र सुव्यवस्था कायम राख्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने, ‘महानगर प्रहरी काठमाडौंको पहिचान बनेको छ । विगत तीन वर्षमा तपाईंहरूको कर्मनिष्ठा र योगदानले अन्य सिटी पुलिस र स्थानीय सरकारका लागि सिकाइको आधार बनेको छ ।’ आगामी दिनमा पनि महानगर प्रहरीले यस्तै उदाहरणीय काम गर्ने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्