Logo
Logo

जनकपुरमा गणेश मूर्ति विसर्जनलाई लिएर हिन्दु-मुस्लिम समुदायबीच झडप


1.1k
Shares

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०, झण्डाचोकमा गणेश मूर्ति विसर्जनलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।

The current image has no alternative text. The file name is: janakpur.jpg

मूर्ति विसर्जनका लागि मुस्लिम बस्तीबाट लैजाने क्रममा विवाद उत्पन्न भएपछि दुवै पक्षबीच ढुङ्गा प्रहार र झडप भएको हो । झडप नियन्त्रण गर्न प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले बताए । 

अहिले स्थिति तनावग्रस्त रहेको र अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो सङ्ख्यामा परिचालित गरिएको छ । डीएसपी सिंहका अनुसार झडपमा घाइते भएकाहरूको विवरण हालसम्म प्राप्त भएको छैन । स्थानीय प्रशासनले शान्ति कायम राख्न कडा सुरक्षा व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्