Logo
Logo

जसपा नेपालका ३ विद्यार्थी नेता पक्राउ


567
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका ३ जना विद्यार्थी नेताहरू। पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको  हो । 

The current image has no alternative text. The file name is: jasapa.jpg

पक्राउ पर्नेमा समाजवादी विद्यार्थी सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष मनीषकुमार यादव, केन्द्रीय सदस्यहरू विपिनकुमार यादव र सुभाष यादव रहेका छन् ।

प्रहरीले उनीहरूलाई शनिवार आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा पक्राउ गरेको हो । उनीहरूले विवादित भूमि विधेयक फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

पक्राउ परेका विद्यार्थी नेताहरूलाई हाल डिएसपी कार्यालयमा राखिएको छ र उनीहरूविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनापछि विद्यार्थी सङ्गठनका अन्य सदस्यहरूले गिरफ्तारीको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन् । उनीहरूले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्यविपरीत रहेको आरोप पनि लगाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस्