Logo
Logo

इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो


315
Shares


काठमाडौं । इन्द्रजात्राको लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज (आइतबार) बिहान भोटाहिटीबाट यस वर्षको इन्द्रजात्राका लागि लिङ्गोे नगर प्रवेश गराइएको हो ।

लिङ्गोलाई भाद्र १९ गते बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरिने तय भएको गुठी संस्थानले जनाएको छ ।

इन्द्रध्वजोत्थान गरेपछि भाद्र २१ गते इन्द्रजात्रा मनाइने स्थानीय राजन महर्जनले जानकारी दिए । जात्राका क्रममा कुमारीलाई तल्लो र माथिल्लो टोलको यात्रा गरिने परम्परा रहेको उनले बताए ।

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत सुरु गरिएको छ ।

तीनै वटा रथ तान्न शुरु गरिने इन्द्रजात्राको मुख्य दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा जाने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्