
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुटवलमा अहिले पनि कांग्रेस–माओवादीको समिकरण जिवन्त रहेको महशुस गरेको बताएका छन् ।
आइतबार बुटवलमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरणका साथै पुस्तक बिमोचन गर्दै प्रचण्डले बुटवल उपमहानगरपालीकाले धेरै सहयोग गरेको देखिएकाले अहिले पनि कांग्रेस–माओवादीको समिकरण जिवन्त रहेको महशुस गरेको बताएका हुन्।
उनले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताए । प्रचण्डले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको उल्लेख गरे ।














