Logo
Logo

सिरहाको गोलबजार : ४० हजार लिटरको खानेपानी आयोजना अन्तिम चरणमा


63
Shares

सिरहा । गोलबजार नगरपालिका–३ चुरे फेदीस्थित बूढी जमदह गाउँमा दशकौँदेखिको खानेपानी अभाव अन्त्य हुने चरणमा पुगेको छ ।

सबल नेपाल र वेल्थ हङ्गर हिल्फेको सहयोगमा निर्माणाधीन ४० हजार लिटर क्षमताको पानी ट्याङ्कीमध्ये हाल ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । यससँगै गाउँलेको दीर्घकालीन खानेपानी समस्या समाधान हुने आशा बढेको छ ।

करिब एक करोड एकहत्तर लाख रुपैयाँ लागत estimated गरिएको आयोजनामा स्थानीयवासीको श्रमदान र नगरपालिकाको सहयोग रहेको छ । हालसम्म पाइप बिछ्याउने र धारा जडान गर्ने काम पूरा भइसकेको छ भने अन्य संरचना धमाधम निर्माण भइरहेका छन् ।

अहिलेसम्म अस्थायी संरचना प्रयोग गरी ५१ घरमा स्वच्छ खानेपानी आपूर्ति सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्