Logo
Logo

पार्टीको सिस्टम मानेर जान उम्मेदवार आकांक्षीलाई रविको सुझाव


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले बनाएको सिस्टमलाई स्विकारेर जान रुपन्देहेही ३ उपनिर्वाचनका आकांक्षी उम्मेदवारहरूलाई सुझाव दिएका छन् ।

पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि रविलाई भेट्न नख्खु कारागार पुगेका उम्मेदवारका ९ जना आकांक्षीलाई लामिछानेले पार्टीले बनाएको सिस्टमलाई स्विकारेर जान भनेका हुन् ।

रविलाई भेटेर फर्किएका उम्मेदवारका आकांक्षी पाथिवेन्द्र उपाध्याय र सुलभ खरेलले पार्टीले बनाएको सिस्टमलाई मानेर जान सुझाव दिएको बताए ।

‘रविजीले पार्टीले उम्मेदवार छनोट पद्धति बनाएको छ । त्यसलाई फलो गरेर जानोस् । जो निर्वाचित भए पनि तपाईंहरु सबै जना क्षमतावान हुनुहुन्छ । तपाईंहरु उपनिर्वाचन मात्र होइन, २०८४ सम्मै मिलेर जानोस् । त्यतिबेलासम्म सबैको व्यवस्था हुँदै जान्छ भन्नुभयो’, उनीहरूले भने ।

रास्वपाले रुपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार छनौट गर्दैछ । जसमा कुसुम महर्जन, मधु अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्