Logo
Logo

झलनाथ-घनश्याम पक्षीय नेताहरू छलफलमा


2.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र उपमहासचिव घनश्याम भुसाल पक्षीय नेताहरूको छुट्टै भेला नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सुरु भएको छ ।

पार्टीको आगामी केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो छलफल आयोजना गरिएको हो । बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्यहरू लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्यहरू सुशील भट्टराई र मनाकुमारी साउदलगायत सहभागी छन् । 

भेलाको अगुवाइ पूर्वमन्त्री तथा पार्टीका पूर्वसचिव जीवनराम श्रेष्ठले गरेका छन् । पछिल्लो समय पार्टी अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीच असमझदारी बढेको छ ।

अध्यक्ष नेपालको कार्यशैलीलाई निरङ्कुश भन्दै उनको पक्षमा नरहेका नेता९कार्यकर्तामाथि जिम्मेवारी खोस्ने वा जिम्मेवारीविहीन बनाउने प्रवृत्ति बढेको आरोप लागेको छ ।

गत साता तय भएको बैठक नेपालले एकलौटी रूपमा सारेको र पार्टीभित्र वैचारिक छलफल तथा कार्यशैलीका विषयमा बहसलाई निषेध गरिएको भन्दै यो भेला आयोजना गरिएको नेताहरूले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्