Logo
Logo

विद्याले फेरि भनिन्- एमालेमा सदस्यता नवीकरण गरिसकेकी छु


1.2k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको विषय पुन दोहोर्याएकी छिन् ।

मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा बारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुले एमालेको सदस्यता नवीकरण गरिसकेको बताएकी हुन् ।

साथै उनले एमालेले मदन भण्डारीलाई जननेताका रूपमा स्वीकार गरिसकेको बताउँदै मदन कै मार्गदर्शन सिद्धान्तमा एमाले अघि बढेको धारणा राखिन् ।

मदन भण्डारीको दासढुंगामा रहस्यमय निधन भएको भन्दै मार्गदर्शन सिद्धान्त पालना गर्नु पार्टी, नेता र कार्यकर्ताको पकर्तव्य रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्