काठमाडौँ, १५ भदौ । नेपाल रग्बी संघको आयोजनामा नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौको अन्तिम सातामा हुने भएको छ ।

संघका अध्यक्ष दिपक देवकोटाले पत्रकार सम्मेलनमार्फत सिरिजअन्तर्गत रग्बी ‘सेभेन’का दुई र ‘फिफ्टिन’को एक खेल हुने जानकारी दिए ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही भदौ ३० गते सेभेन र ३१ गते फिफ्टिन खेलाइने छ । यसअघि सिरिजको पहिलो संस्करण सन् २०२२ मा बङ्गलादेशको ढाकामा सम्पन्न भएको थियो ।














