Logo
Logo

रात्रिभोजमा ओली र मोदीको जम्काभेट


756
Shares

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरूबीच रात्रि भोजमा तियान्जिनमा भेट भएको हो । भेटको तस्बिर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: oli-modi.gif

‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो ।’ भेटमा कुनै द्विपक्षीय विषयमा कुराकानी गरिएको छैन । ओली र मोदीबीच सी जिनपिङले आयोजना गरेको रात्रि भोजमा जम्का भेट भएको हो । 

सांघाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मलेनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता समेत गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट्ने निश्चित भइसकेको छ । यस्तै, भियतनाम, लाओस, माल्दिभ्सलगायत विभिन्न देशका राष्ट्र वा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्