Logo
Logo

माओवादीले रुपन्देहीमा एक्लै चुनाव लड्ने


2.2k
Shares

बुटवल । नेकपा माओवादी केन्द्रले रुपन्देहीमा एक्लै चुनाव लड्ने भएको छ । लुम्बिनी प्रदेशको सातौँ पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

The current image has no alternative text. The file name is: prachand.gif

प्रचण्डले भने, ‘माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भूमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचारप्रसार त हामीले गर्नुपर्‍यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौँ, ल्याउँछौँ । एक्लै लड्ने हो, तपाईँहरू त्यसको तयारी गर्नुहोस् ।’

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरूप भएको बताउँदै बचाउ गरे ।उनले दृष्टान्त दिँदै भने, ‘असन्तुष्टि जहाँ गयो त्यहीँ हुन्छ, विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ ।’

प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुन: बढ्दो अवस्थामा रहेको बताउँदै  जोसुकै विरुद्धमा लागेको भएपनि विज्ञान र वर्ग संर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने बताए । 

प्रतिक्रिया दिनुहोस्