Logo
Logo

रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु


- दृष्टि न्युज/संवाददाता


बुटवल, २० भदौ । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गए राति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुवैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्