
काठमाडौं । जेनजीहरू आन्दोलन चर्किएपछि ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन् । सोमबारदेखि सुरु भएको जेनजीको आनदोलन आज उग्र बनेपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन कारागारबाट बाहिरिएका हुन् ।
आज दिउँसो कारागारबाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले कारागारमा एक जना पनि कैदी छैनन्, पूरै खाली भएको छ ।
जेनजीले सोमबार शान्तिपूर्ण थालेको प्रदर्शन १९ जना मारिएपछि अराजक बन्न पुगेको थियो । आज मंगलबार पनि तिन जनाजे जयान गुमाएका छन् । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् । यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राजीनामा दिइसकेका छन् ।














