Logo
Logo

बालेनले हर्कलाई भने-डियर तिमी मेरो साँचो प्रेम हौ 


1.1k
Shares

 काठमाडौं ।  काठमाडौं महानगरपालिका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङलाई माया गरिरहने बताएका छन् । उनले सामाजिक सञ्जालमा हर्कले गरेको कटाक्षको प्रतिक्रियामा आफूले एकतर्फी भए पनि माया गरिरहने बताएका छन् । 

The current image has no alternative text. The file name is: balen-hark.jpg

उनले फेसबुकमा भनेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । तिमी मेरो साँचो प्रेम हौ ।’

हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहप्रति टिप्पणी गरेका गरेका थिए । सङ्कटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोक भन्दै  बालेन प्रती टिप्पणी गरेका  थिए ।  सामाजिक सञ्जालमा लेख्दै हर्कले भनेका छन्, ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरूलाई दिई पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरूले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास !’

प्रतिक्रिया दिनुहोस्