रसुवा । नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्दे खोलामा निर्माणाधीन बेलिब्रिज मितेरी पुल यहीँ दसैंँअघि सम्पन्न हुने भएको छ ।

चिनियाँ पक्षले कामलाई प्राथमिकता दिँदै छिटो गतिमा निर्माण गरिरहेको छ। चिनियाँ भागको काम सकिसकेपछि अहिले नेपालतर्फ पिलर र भुइँ ढलानको काम सम्पन्न भएको छ ।
हिमपाइप राखेर सामग्री ढुवानीको व्यवस्था मिलाइएको भए पनि लगातारको वर्षाले केही दिन काममा अवरोध आएको थियो ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार वर्षाका कारण केही ढिलाइ भए पनि हालको प्रगतिलाई हेर्दा दसैँअगावै पुल तयार भई दुई देशबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।














