Logo
Logo

११ जना सीमामा समावेशी र स्वतन्त्र मन्त्रिपरिषद् बनाउने तयारी


4.4k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् अधिकतम ११ सदस्यीय बनाउने घोषणा गर्दै बाँकी मन्त्रीहरूमा केवल गैरराजनीतिक व्यक्ति समावेश गरिने स्पष्ट गरेकी छन्।

बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचना र मन्त्री चयनका मापदण्डबारे जानकारी दिँदै भनिन्, “मन्त्रिपरिषद् करिब १० देखि ११ जना मात्र राख्ने हो, कसको के क्षमता छ त्यो हेरेर दिने हो।”

प्रधानमन्त्री कार्कीका अनुसार हालसम्म तीनजना मन्त्री नियुक्त भइसकेका छन् भने अब थपिने मन्त्रीहरूमा समावेशिता झल्किने गरी व्यक्तिहरू चयन गरिनेछ। उनले स्पष्ट रूपमा भनिन् कि अब बन्ने मन्त्रीहरू कुनै पनि राजनीतिक दलसँग आबद्ध नहुने, र संस्थागत अनुभव भएका गैरराजनीतिक व्यक्ति मात्रै हुनेछन्।

उनको भनाइमा, राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई मन्त्री बनाउँदा चुनावप्रति ध्यान केन्द्रित हुन नसक्ने भएकाले अबको मन्त्रिपरिषद् पूर्ण रूपमा नन–पोलिटिकल बनाइने छ। उनले भनिन्, “पोलिटिक्समा नरहनु भएका, कुनै संस्थामा काम गरेका अनुभवी मान्छेहरू खोजिरहेका छौं।”

प्रधानमन्त्री कार्कीको यो निर्णयलाई स्वतन्त्र, दक्ष र समावेशी कार्यकारी नेतृत्व तर्फको कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्