काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार र अनियमितता छानबिनका लागि छुट्टै आयोग गठन गरिने जानकारी दिएकी छन् ।

उनका अनुसार, मन्त्रिपरिषद्ले आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरिसकेको छ, र आयोगले अनुसन्धान गरेर आगामी सरकारका लागि आधार तयार गर्नेछ । प्रधानमन्त्री कार्कीले सरकारको कार्यकाल ६ महिनाको मात्र भएकाले छिटो र प्रभावकारी ढंगले काम गर्ने लक्ष्य रहेको बताइन् ।
त्यस्तै, जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न तीन सदस्यीय आयोग गठन गरिने र त्यसलाई सुरुमा एक महिनाको म्याद दिइने पनि जानकारी दिइएको छ ।














