काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ६ जनाको शव मंगलबार हेलिकप्टरमार्फत उपत्यकाबाहिर पठाइएको छ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार, शवहरू पोष्टमार्टमपछि उदयपुर २ जना, धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरी १ / १ जना पठाइएको हो।
सरकारले निःशुल्क शव व्यवस्थापन गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकमा गरेको थियो।














