Logo
Logo

सेनाले संरक्षणमा राखेकाहरूको अवस्थाबारे मानव धिकार आयोगले राख्यो चासो


819
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । भेटमा जेनजी प्रदर्शन, देशको बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेका व्यक्तिहरूको अवस्थाबारे छलफल भएको आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले बताए । 

The current image has no alternative text. The file name is: national-human-right-commision.gif

छलफलमा आयोगले लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर शान्ति सुरक्षा कायम गर्न र आगामी सुरक्षा चुनौतीको आकलन गर्दै कार्य गर्न नेपाली सेनालाई सुझाव दिएको छ । जेनजी प्रदर्शन र त्यसपछिको राजनीतिक परिस्थितिमा आयोगले मानव अधिकारको अवस्थाको सक्रिय अनुगमन गरिरहेको जनाएको छ ।

साथै, नेपाली सेनाको संरक्षणमा रहेका व्यक्तिहरूको सुरक्षा र स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको आयोगले बताएको छ । आयोगले जेनजीका प्रतिनिधि, मृतकका परिवार, घाइते, अन्य प्रभावित व्यक्ति र बालबालिकासँग नियमित भेटघाट गरिरहेको मङ्गलवार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्