Logo
Logo

बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते ११:५३ बजे


567
Shares

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस वर्षको विजया दशमी २०८२ को टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ : ५३ बजे रहेको छ।

घटस्थापना असोज ६ गते बिहान ९ : १३ बजे हुनेछ। देवी विसर्जनको साइत विजया दशमीका दिन बिहान ९ : २३ बजे तोकिएको छ। टीका लगाउँदा पूर्वतर्फ फर्किनु उपयुक्त मानिएको छ।

अन्य प्रमुख साइतहरू :

असोज ७ गते – झण्डा फेर्ने साइत बिहान ९ : ५३ बजे

असोज ११ गते – श्रीपचलीभैरव यात्रा

असोज १३ गते – फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ : १७ बजे, स्थिरासन ९ : २३ बजे

२०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्