Logo
Logo

सचिवस्तरीय बैठकको निर्णय : सार्वजनिक सेवा प्रभावकारी बनाउन नियम परिमार्जन गरिने


1.4k
Shares

काठमाडौं । सरकारको सचिवस्तरीय बैठक बसेको छ।

मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र बाधारहित बनाउने निर्णय गरेको छ।

बैठकले सेवा प्रवाहमा अवरोध पुर्‍याउने कुनै पनि व्यवस्था, मापदण्ड वा कार्यविधि तत्काल परिमार्जन वा खारेजगर्ने निर्णय गरेको हो।

साथै, अत्यावश्यक सेवा प्रवाहसँग सम्बन्धित संयन्त्रहरूलाई अझ सक्रिय र व्यवस्थित बनाउने र कुनै अवरोध आउन नदिने तयारी गर्ने सहमति पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्