Logo
Logo

जेनजी आन्दोलनमा वीरगञ्ज महानगरलाई एक अर्बभन्दा बढी क्षति


504
Shares

वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट वीरगञ्ज महानगरमा करिब १ अर्ब १५ करोड रुपैयाँको क्षति भएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, मुख्य कार्यालय भवन , तीन अन्य भवन , १७ चारपांग्रे , ९ दुईपांग्रे र २ रिक्सासमेत जलेर नष्ट भएका छन् । अन्तिम क्षति मूल्यांकन एक अर्ब ५० करोडसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

नगर परिषद् बैठकले मृतकप्रति श्रद्धाञ्जली र शोक प्रस्ताव पारित गरेको छ। साथै, बजेट संशोधन गरेर संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरिएको छ । प्रशासनले घटनामा बाह्य घुसपैठमार्फत आपराधिक गतिविधि भएको निष्कर्ष निकालेको छ र दोषी पहिचानका लागि अनुसन्धान जारी छ ।

नगर परिषद्ले वीरगञ्जलाई पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्