Logo
Logo

सरकारी कर्मचारीले बैठक भत्ता नपाउने


2.5k
Shares

काठमाडौं । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीले पाउँदै आएको बैठक भत्ता कटौती हुने भएको छ । मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले सरकारी कर्मचारीको बैठक भत्ता कटौती गर्ने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: sachib.gif

त्यस्तै, औसत दरबन्दी पनि २० प्रतिशत कटौती गर्न निर्णय गरिएको छ । सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन राष्ट्रिय स्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रियाजस्ता कार्यक्रम पनि सरकारी हलमा आयोजना गर्ने निर्णय  गरिएको छ  । 

त्यस्तै चालु आर्थिक वर्षमा दायित्व सिर्जना नभएका टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने र त्यस्ता आयोजनाहरूमा विनियोजित रकम क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मत सम्भार तथा यन्त्र उपकरण खरिदका लागि रकमान्तर  र स्रोतान्तर गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्