Logo
Logo

जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि


567
Shares

टोमियो । जापानको कोबेमा एक २० वर्षीया महिलामा एमपक्स भाइरसको ‘क्लेड १बी’ प्रकारको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उहाँ भर्खरै अफ्रिका भ्रमण गरेर फर्किएकी थिइन् र यो जापानमा सो भाइरसको पहिलो घटना हो ।

The current image has no alternative text. The file name is: mpox.gif

‘क्लेड १बी एमपक्स’ भाइरस भनेको एमपक्स भाइरसको एउटा विशेष उपप्रकार हो, जुन मुख्यतया मध्य अफ्रिकाका केही क्षेत्रहरूमा फैलिएको छ । यो उपप्रकार क्लेड १बी नामले चिनिन्छ र यसको जेनेटिक संरचना अन्य एमपक्स भाइरसका प्रकारभन्दा फरक हुन्छ । १बी एमपक्स भाइरसले शरीरमा ज्वरो, छालामा रैश र अन्य सङ्क्रमणका लक्षणहरू देखाउँछ । यस भाइरसको सङ्क्रमण क्षमतामा भिन्नता हुन सक्छ र यसको पहिचानले रोगको रोकथाम र नियन्त्रणमा सहजीकरण पु¥याउँछ ।

जिनेटिक परीक्षणबाट पत्ता लागेको यो भाइरस मध्य अफ्रिकामा प्रचलित क्लेड १बी समूहमा पर्दछ । सङ्क्रमित महिलालाई ज्वरो र छालामा रैश देखा परेको थियो र उनले सेप्टेम्बर १२ मा कोबेको एक स्वास्थ्य संस्थामा उपचार गरेका थिए । अधिकारीहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन् ।

अहिलेसम्म जापानमा समुदायमा यस सङ्क्रमणको फैलावट भएको कुनै सङ्केत नभएको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्