Logo
Logo

दशैंतिहारमा टिकट कालोबजारी रोक्न विभागको चेतावनी


252
Shares

काठमाडौं । चाडपर्वको समयमा सार्वजनिक यातायातमा भाडादर बढाउने , टिकटको कालोबजारी गर्ने तथा टिकट बिक्री प्रक्रिया असहज बनाउनेजस्ता गतिविधि रोक्न यातायात व्यवस्था विभागले कडा चेतावनी दिएको छ ।

विभागका अनुसार निर्धारित स्वीकृत भाडादर र प्रचलित कानुन विपरीत बढी शुल्क लिने, अनाधिकृत रूपमा टिकट बिक्री गर्ने र यात्रुहरूलाई समस्यामा पार्ने गुनासाहरू नागरिक तहबाट बढिरहेका छन् । त्यसैले यस्ता गतिविधि तत्काल रोक्न विभागले सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।

विभागले स्पष्ट रूपमा भनेको छ कि प्रचलित कानुनअनुसार तोकिएको भाडा मात्र लिनुपर्नेछ र सार्वजनिक यातायातलाई व्यवस्थित र यात्रुहरूलाई सहज बनाउने जिम्मेवारी पनि सरोकारवाला निकायको हो।

यदि कसैले निर्णयविपरीत भाडा असुलेको वा टिकटको कालोबजारी गरेको भेटिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी विभागले दिएको छ।

प्रतिक्रिया दिनुहोस्