हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, शनिवार बिहान चंखेली-४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा अन्दाजी २८/२९ वर्षीय हंश बुढा र सोही ठाउँका हर्क बोहोराको छोरी अन्दाजी १९/२० कि कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेका हुन् ।
हंश बिवाहित हुन् भने कर्मा अविवाहित हुन् । प्रहरी चौकी मेल्छामबाट प्रहरी खोजी कार्यमा खटिएको छ । उनीहरूको खोजी कार्य जारी छ ।














