झापा । झापामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ का ३५ वर्षीया दिलकुमारी ऋषिदेवको ज्यान गएको हो । आज बिहान ११ बजे वर्षासँगै परेको चट्याङले ऋषिदेव घाइते भएकी थिइन् ।
मुसहर बस्तीमा बसेकी उनको खेतमा बाख्रा लिन गएको बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्भबम ःयच














