Logo
Logo

‘जेरी अन टप’को रेकर्डि सम्पन्न, किन सायरेममै हुन्छ अधिकांश फिल्मका गीत रेकर्डिङ ?


19.3k
Shares

काठमाडौं । पछिल्लो समय अनामनगरस्थित सायरेम स्टुडियोमा नेपाली फिल्मका अधिकांश गीत रेकर्डिङ हुने गरेको छ । यो स्टुडियो राई इज किङका रुपमा चर्चित गायक राजेशपायल राईको हो । त्यसैले पनि सायरेम स्टुडियो फिल्म गीत रेकर्डिङ स्टुडियोका लागि जक्सन बनेको छ किनकि राजेशपायल नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियय त छन् नै, पाश्र्वगायनमा समेत दशकदेखि एकछत्र राज गर्दै आएका छन् ।

हो, उनै लोकप्रिय गायक एवं मेगास्टार राजेशपायलको स्टुडियो सायरेममा दशैंकाबीच पनि बुधबार एक नेपाली फिल्मको गीत रेकर्डिङ भएको छ । बुधबार नेपाली फिल्म ‘जेरी अन टप’को शीर्ष गीत रेकर्डिङ भएको हो । ‘आमैले भन्थे’ बोलको गीत राजेशपायलको स्वरमा रेकर्डिङ भएको हो । उक्त गीतमा संगीत रन्जित गजमेर र शब्द कुसुम गजमेरको रहेको छ । यो गीत पुरानो फिल्म ‘साइनो’को चर्चित गीत हो । जसलाई अहिले रिमेक गरिएको हो ।

यो फिल्मका निर्माता सरोज न्यौपाने हुन् भने सुयोग गुरूङको निर्देशन गर्दैैछन् । यो फिल्ममा नेपाली फिल्ममा सपुर स्टार भुवन केसी र अनमोल केसीले एकसाथ अभिनय गर्दैछन् ।

साथै, यो फिल्ममा आँचल शर्मा र जसिता गुरुङसँगै चर्चित हाँस्य अभिनेता केदार घिमिरे माग्नेबुढा’, अभिनेत्री सुरक्षा पन्त र उषा खड्गी पनि प्रमुख अभिनयमा छन् । अनमोलका बुवा भुवनले फिल्ममा पनि अनमोलको बुवाकै भूमिका निभाएका छन् । यो फिल्मको फस्टलुक समेत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्