काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीको दिन जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन व्यक्तिका परिवारसँग भेट्ने कार्यक्रम तय गरेकी छन् ।

आज प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थलीमा बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारसँग भेट्नेछिन् । उनको सचिवालयका अनुसार, बिहीबार दिउँसो २:४५ देखि ३:०० बजेसम्म वनस्थलीमै गएर उनले परिवारलाई भेट्ने समय तय भएको छ ।
त्यसपछि, कार्कीले नागर्जुन-३ मा मृतक कान्छी नगरकोटीको परिवारसँग १५ मिनेट भेट्ने कार्यक्रम छ । त्यसैगरी, कीर्तिपुरको मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारसँग भेट्ने तालिका रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा यस वर्षको दसैँमा टीका नलगाउने यसअघि नै घोषणा गरिसकेकी छन् ।











