काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको टीका लगाएका छन् । उनले पुरोहितबाट टीका लगाएका हुन् । राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ बजेको शुभ साइतमा टीका लगाएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका थिए । त्यसपछि राष्ट्रपति पौडेलले श्रीमती सविता तथा परिवारका अन्य सदस्यहरुलाई टीका लगाइदिएएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष अरू नागरिकलाई टीका लगाइदिएनन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिले टीका नलगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आम नागरिकलाई टीका लगाउने गरिएको थियो ।














