Logo
Logo

काठमाडौंका सडक सुनसान


441
Shares

The current image has no alternative text. The file name is: kathamandu-1.jpg

काठमाडौं ।  विजयादशमीको बिहान आज काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै छन् ।

काठमाडौंबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागमन भएको देखिन्छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ ।

दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्