काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गते देखि २० गतेसम्म काठमाडौंलगायत देशका विभिन्न जिल्लामा भारी वर्षा हुने र त्यसबाट जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो, भूक्षय जस्ता विपद्जन्य घटनाहरू हुनसक्ने सम्भावना देखाएकाले रातको समयमा यात्रा नगर्न भनिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘असोज १७ देखि २० गतेसम्म आआफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउनु हुन, अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्नुहुन, काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ ।’













