Logo
Logo

सडक विभागलाई उच्च सतर्कता अपनाउन आग्रह


189
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सडक विभागअन्तर्गतका सबै कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । 

The current image has no alternative text. The file name is: trishuli-nadi-badhi-flood.jpg

मन्त्रालयले विज्ञहरूको विश्लेषण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार बनाएर सबै डिभिजन प्रमुख र योजना प्रमुखलाई कार्यक्षेत्रमा सुरक्षित रूपमा उपस्थित रहन र इन्जिनियर तथा अपरेटरहरूलाई तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘विपद्पछि कार्यक्षेत्रमा पुग्न नसकिने अवस्था आउन सक्छ। त्यसैले अग्रिम तयारीका लागि सुरक्षित रूपमा आफ्नो कार्यक्षेत्रमा पुगी ब्याकअप योजनासहित सम्भावित विपद्को सामना गर्न तयार रहनु आवश्यक छ ।’ विशेषगरी नागढुंगा–मुग्लिन, मुग्लिन-नारायणगढ, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ र दाउने क्षेत्रका सडकमा जोखिम उच्च रहन सक्ने भन्दै मन्त्रालयले ती क्षेत्रमा अतिरिक्त सतर्कता र तयारी अवस्थामा रहन निर्देश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्