Logo
Logo

कास्कीमा हिमपात र भारी वर्षाको सम्भावना


126
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि आगामी सोमबारसम्म चार दिन उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गण्डकी प्रदेशलगायत देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

The current image has no alternative text. The file name is: humla-snow.jpg

कास्की प्रशासनले अन्नपूर्ण, मर्दी हिमाललगायतका क्षेत्रमा पदयात्रा नजान पर्यटक र पदयात्रीलाई आग्रह गरेको छ । सम्भावित बाढी, पहिरो, डुबान र हिमपातजस्ता विपद्बाट जोगिन विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । विपद्जन्य घटनाको अवस्थामा नजिकको प्रहरी, स्थानीय तह वा प्रशासनमा सम्पर्क गर्न भनिएको छ ।

प्रशासनले स्थानीय तह, रेडक्रस, निजी क्षेत्र र नागरिक समाजलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । पोखरा जोड्ने मुख्य राजमार्ग र जोखिमयुक्त सडकमा डोजर, एक्साभेटरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले अत्यावश्यक कामबाहेक टाढाको यात्रा र रातिको समयमा सवारी नचलाउन अनुरोध गरेका छन् । यातायात व्यवसायीलाई क्षमताभन्दा बढी यात्रु नचढाउन र संयमित सवारी सञ्चालन गर्न आग्रह गरिएको छ । वीरेठाँटी–घान्द्रुक, उल्लेरी, लुम्ले-लान्द्रुक र काहुँखोला-सिक्लेस जाने सवारी शुक्रवारदेखि दिउँसो ४ बजे र फर्कने सवारी शनिवार बिहान ५ बजेपछि मात्र सञ्चालन हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्