Logo
Logo

नागढुंगाबाट गाडीहरु काठमाडौं फर्किए, पूर्वबाट आएका चितवनमै रोकिए


2k
Shares

काठमाडौं । काठमाडौंबाट बाहिरिन लागेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ ।
प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका छन् ।

फाइल फोटो

नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान साढे ९ बजेसम्ममा २ सयभन्दा बढी गाडी काठमाडौं फर्किसकेका छन् ।
शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् ।

यस्तै, पूर्वबाट काठमाडौंतर्फ आइरहेका गाडीहरु चितवनमा रोकिएका छन् । केही गाडी बाटोमा राकिएका छन् । शुक्रबार रातिबाट परेको अविरल वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेको छ । केही स्थानमा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्